प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची ?

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सांसदहरूले उठाएका मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले सम्भाति कार्यसूची रहेको संङघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईवटा आयोगका तीनवटा राष्ट्रिय प्रतिबेदन प्रस्तुत गर्नेछन्। जसअनुसार राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने सचिवालयले जनाएको छ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विधुत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन भने सभामुख देवराज घिमिरेले चालु संसदको अधिवेसनमा १० पटक भन्दा बढी अनुपस्थित प्रतिनिधि सभाका सदस्यहरुको नामावली सुनाउने संसद सचिवालयले जनाएको छ।