दसैँघरमा जमरा यसरी राखियो (तस्वीरहरू)

काठमाडौं । हिन्दु नेपालीहरूको महान पर्व बडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएको छ । बडादसैँको पहिलो दिन आज घरका पूजाकोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिएको हो ।

काठमाडौंको वसन्तपुरस्थित दसैँघरमा पनि वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेर जमरा राखिएको छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको शुभसाइत बिहान ११ बजेर २९ मिनेटमा थियो । दसैँघरमा शुभसाइतमै घटस्थापना गरिएको हो ।