अफिमसहित एक जना भारतीय नागरिक पक्राउ

धनगढी । कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका सरदार दलीप सिंह पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।