बैतडीमा पाँचदिनदेखि एक किशोरी बेपत्ता

बैतडी ।  बैतडीमा पाँचदिनदेखि एक किशोरी बेपत्ता भएकी छन् ।  जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा गएको बिहीबारदेखि बेपत्ता भएकी हुन् ।

गोठालो गएकी कल्पना अहिले सम्म सम्पर्कमा नआएकी उनकी आमा मानमती महराले बताइन् । कल्पनाका बिषयमा आफन्त, इष्टमित्रहरुसंग सोध्दा समेत कतै फेला नपरेकी उनले जानकारी दिइन् ।

बिहीबारदेखि हराएकी छोरी फेला नपरेपछि आइतवार प्रहरीचौकी ढोल्यमोडमा निवेदन समेत दिएको मानमतीले बताइन् । बेपत्ता भएकी कल्पनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कल्पना कैलपाल मावि कक्षा ९ मा अध्ययनरत छिन् ।