अनुसन्धाताहरूले पत्ता लगाए नयाँ स्वाद

काठमाडौँ । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् ।

मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ । यसको स्वाद ‘तितो, नुनिलो अनि अलिअलि अमिलो’ खालको हुन्छ ।

अमोनियम क्लोराइडमा स्वाद हुन्छ भनेर लामो समयदेखि थाहा थियो । तर त्यो स्वाद ठ्याक्कै कस्तो हुन्छ भनेर खोजबिन गरेर स्वादै पत्ता लगाइएको चाहिँ यो पहिलो पटक हो ।

अमोनियम क्लोराइडले हाम्रो कोषको नुनिलो र अमिलो स्वाद थाहा पाउने रेसेप्टरलाई सक्रिय पार्छ । यो स्वाद खासखरी बिग्रिसकेका सी फुड र मासुमा पाइन्छ । नयाँ स्वादको पहिचानसँगै मानिसहरु अब घातक ब्याक्टेरिया भएका कुहिएका माछा–मासु खानबाट बच्छन् भन्ने सुनिश्चित हुने सुगरलेसकी लेखिका तथा माउन्ठ सिनाई स्कूल अफ मेडिशिनमा न्यूरोसाइन्सकी सह–प्राध्यापक निकोल अभेना भन्छिन् ।

अमोनियमले स्वाद कोषलाई कसरी सक्रिय बनाउँछ भनेर हेर्न अनुसन्धाताहरूले कल्चर्ड मानव कोशमा अमोनियम क्लोराइड हालेका थिए । यसले प्रोटिन ओटोपेट्रिन (ओटीओपी१) नाम गरेको खास प्रोटोन च्यानल सक्रिय पारिदियो । यस अध्ययनमा अमोनियम क्लोराइड भएको र नभएको पानीमा मुसाले कस्तो कस्तो प्रतिक्रिया दिन्छ भनेर पनि हेरिएको थियो ।

ओटीओपी१ रिसेप्टर भएका मुसाहरुले अमोनिया क्लोराइडमा कुनै प्रतिक्रिया देखाएनन् । तर ओटीओपी१ रिसेप्टर भएका मुसाहरुले भने त्यसलाई छोएनन् । अमोनिया एसिडमा मानिस र मुसाको प्रतिक्रिया एउटै खालको पाइयो । ओटीओपी१ रिसेप्टर अमोनिया क्लोराइडको स्वाद थाहा पाउन चाहिने तत्त्व भएको अनुसन्धाताहरूको निचोड छ । न्यून मात्रामा खाँदा अमोनियाले मानव शरीरमा ठुलो क्षति पुर्‍याउँदैन । तर धेरै मात्रामा खायो भने चाहिँ यो विष बन्न सक्छ । अध्ययनको नतिजा अक्टोबरको सुरुतिर नेचर कम्युनिकेसन्समा छापिएको थियो । एजेन्सी