कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वास मत नदिने

विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन्। सत्तारूढ गठबन्धन र नेकपा एमालेले भने विश्वासको मत दिने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रदेशमा विपक्षी चाहिने र राप्रपाले विपक्षीमा बस्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिएका हुन।

कोशीमा राप्रपाका ६ जना प्रदेश सभा सदस्य रहेका छन्।