काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै उनले युएईका अलिशान शराफुको विकेट लिए ।
यसअघि पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पहिलो ओभरको अन्तिम बलमा यूएईका खालिद शाहलाई पेभिलियन फर्काएका हुन् ।
यूएईविरुद्धको खेलमा नेपाल श्याम ढकालले डेब्यु गरेका छन् । श्यामसँगै कप्तान रोहित पौडैल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी र अभिनाश बोहरा प्लेइङ ११ मा परेका छन् ।
नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० शृंखला १० कात्तिकसम्म चल्नेछ । नेपालले दोस्रो खेल २ कात्तिकमा हङकङसँग खेल्नेछ । तेस्रो खेल कात्तिक ४ गते नेपालले हङकङसँग नै खेल्नेछ ।
चौथो खेल भने नेपालले ६ कात्तिकका दिन यूएईसँग खेल्नेछ । क्यानका अनुसार खेल डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष स्थानमा रहने दुई टिम १० कात्तिकमा उपाधिका लागि भिड्नेछन् ।
Add Comment