आज नेप्से परिसूचक ४३.२७ अंकले बढ्यो, कारोबार रकम ९३ करोडमा सीमित

काठमाडौं । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेको छ।

यसदिन नेप्से परिसूचक २.३२ प्रतिशतले बढेर १९०७.८९ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८६ वटा धितोपत्रको ३७ लाख ७२ हजार २३ कित्ता सेयर किनबेच भएको हो।

बुधबार आशा लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७२६ रुपैयाँ पुगेको छ।

यस्तै, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको सेयर मूल्य ६८४ रुपैयाँ कायम भएको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा बिपिडब्ल्यू लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.६२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८४४ रुपैयाँ १० पैसामा झरेको छ।

यस्तै, एनआइबिएल समृद्धि फण्डको इकाइ मूल्य ३.९५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ६ पैसामा सीमित भएको छ।

बुधबार सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४३४ रुपैयाँमा ४ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ११० रुपैयाँमा ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक २.७४ प्रतिशत बढेको छ।