विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै

काठमाडौं। भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ। भारतको चैनईमा बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

टस हारेर पहिला व्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको थियो । जितको लागि २८९ रन पछ्याएको अफगानिस्तानले ३४ दशमलब ४ ओभरमा १३९ रन बनाउँदा सबै विकेट गुमायो र खेल १४९ रनले हार्न पुग्यो।

न्युजिल्याण्डको पालीमा ग्लेन फ़िलिप्सले ७१ रन कप्तान टॉम लेथमले ६८ रन , विल यंगले ५४ रन रचिन रविंद्रले ३२ रनमा तथा डेवन कॉन्वेले २० रन बनाए।

अफगानिस्तानको लागि नवीन उल हक़ र अज़मतउल्लाह ओमरज़ाईले दुई दुई विकेट लिए। त्यसैगरी मुजीब उर रहमान र राशिद ख़ानले एक एक विकेट लिए ।

अफगानिस्तानको पालीमा रहमत शाहले ३६ ,अज़मतउल्लाह ओमरज़ाईले २७ , इकराम अलीख़िलले १९ , इब्राहिम ज़दरानले १४ तथा रहमानउल्लाह गुरबाज़ले ११ रन बनाए ।

न्युजिल्याण्डका लागि मिचेल सैंटनर र लॉकी फ़र्ग्युसनले तीन तीन विकेट लिए । त्यसैगरी ट्रेंट बोल्ट २ तथा रचिन रविंद्र र मैट हेनरीले एक एक विकेट लिए।

यो जित पछि न्युजिल्याण्ड ४ खेलबाट ४ जित निकाल्दै ८ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ। अफगानिस्तानले चाहि ४ खेलबाट ३ हार र १ जितसहित २ अंक पाएर तालिकाको पाँचौ स्थानमा रहेको छ। अफगानिस्तानले इग्ल्याण्डलाई हराएको हो।

आज भारत र बंगलादेशबिच खेल हुनेछ। यी दुई विचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे भारतको पुणेमा हुनेछ।भारतले ३ खेलबाट ३ खेल जितेर ६ अंकपाएको छ भने बंगलादेशले ३ खेलमा १ खेल जितेर २ अंक पाएको छ।