हङकङविरुद्ध नेपालको आक्रामक सुरूवात, करणले ३ र सोमपालले लिए एक विकेट

त्रिदेशीय टी-२० सिरिजमा हङकङविरूद्ध नेपालले आक्रामक सुरूवात गरेको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर सकिँदा ४ विकेट लिइसकेको छ।

पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए। उनले हङकङका कप्तान निजाकत खानलाई आउट गरेका हुन्।

अहिलेसम्म उनले तीन विकेट लिइसकेका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन्।

हङकङले ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ।