विश्वकपमा आठ वर्षपछि विराट काेहलीकाे शतक

काठमाडौं । बंगलादेशलाई सात विकेटले हराउँदै आईसीसी एकदिवसीय विश्वकपमा भारतले  लगातार चाैथाे जित निकालेको छ ।विराट कोहलीकाे शानदार शतककाे मद्दतमा भारत विजयी भएकाे हाे ।

काेहलीले ९७ बलमा ६ चौका र ४ छक्कासहित अविजित १ सय ३ रनकाे पारी खेले । बंगलादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४२ औँ ओभरमा पूरा गर्दै यो विश्वकपमा लगातार चौथो जित हासिल गरेको हाे ।

अन्तिम बलमा कोहलीले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए । विश्वकपमा विराट कोहलीको यो तेस्रो शतक हो । लक्ष्य पछ्याउने क्रममा भने उनको विश्वकपमा याे पहिलो शतक हो ।

विराटले आठ वर्षपछि विश्वकपमा शतक प्रहार गरेका हुन् । यसअघि उनले आफ्नो अन्तिम शतक सन् २०१५ को विश्वकपमा पाकिस्तानविरुद्ध बनाएका थिए । विश्वकपमा उनकाे पहिलो शतक सन् २०११ मा बंगलादेशविरुद्ध थियाे । एकदिवसीय क्रिकेटमा विराटको ४८ औँ शतक पुगेकाे छ ।