अन्तत : फुट्यो गैरआवासीय नेपाली संघ

काठमाडौँ । विदेशमा बसेका नेपालीहरुको सामाजिक संस्थाका रुपमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तत : फुटेको छ । गैरआवासीय नेपाली संघ को ११ औँ महाधिवेशनमा भएको मत परिणाम सम्वन्धी विवादका कारण राजेन्द्र कुमार शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएसँग गैर आवासीय नेपाली संघ फुटेको पक्का भएको छ । नवनिर्वाचित भनिएका बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको पछि यो संस्था फुटेको हो भन्ने कुरामा दुई मत नहोला । राजेन्द्र कुुमार शर्माले आफ्नो नेतृत्वको समिति नै आधिकारिक भएको उनीहरूले दाबी गरेका छन् ।

शर्माको नेतृत्वमा तयार गरिएको समानान्तर कार्यसमितिमा डा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।
त्यस्तै कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।