कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते, उपचार जारी

काठमाडौं ।  कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका छन् । हाल उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

उनका परिवारका अनुसार हाल उनलाई हेलिकोप्टरमार्फत् काठमाडौंमा थप उपचारका लागि ल्याउने तयारी गरिएको छ ।

कलाकार घिमिरेको घर पोखरा नदीपुरमा छ । शुक्रबार बिहानै उनी घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् ।

उनी अभिनित चलचित्र पशुपति प्रसाद २– भष्मेडन यतिबेला नेपालभर प्रदर्शन भइरहेको  छ ।