आजको मौसमः पहाडी भूभागमा वर्षाको सम्भावना, उच्च पहाडतिर हिमपात

काठमाडौं । आज शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ ।

राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।