विश्वकपमा आज भारत र दक्षिण अफ्रिका भिड्दै

 

कोलकाता । एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ । यस्तो अवस्थामा आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ । लिग चरण पनि यही स्थानमा समाप्त गर्न सक्नेछ ।