नेपालमा गएको भूकम्प र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त्त गर्दै पाकिस्तान जस्तोसुकै सहयोग गर्न तयार छ : पाकिस्तानी प्रधानमन्त्री कक्कड

 

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले शुक्रबार राति गएको भूकम्पमा नेपालको साथमा रहेको बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री कक्कडले भनेका छन् । नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’

यस्तै पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस दुःखद घडीमा हामी नेपाली जनताको साथ छौं । यस विपत्तिबाट प्रभावित सबैका लागि हाम्रो प्राथना छ । पाकिस्तानले सक्दो सहयोग गर्न तयार छ’, उनले भनेका छन् ।

त्यस्तै पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालमा गएको महाभूकम्प र जनधनको क्षतिप्रति गहिरो दुःख । उनले दुःखको यस घडीमा आफू नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।