नेदरल्याण्डसलाई १६० रनले हराउदै भारतले अपराजित यात्रा कायम राख्यो

काठमाडौँ। भारतमा जारी आइसिसि एकदिवसिय क्रिकेटमा समूह चरणका खेलहरु सकिएका छन् । हिजो भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसलाई १६० रनले हराउदै भारतले अपराजित यात्रा कायम राख्यो ।

अन्तिम खेलमा सम्मानजनक रन बनाएको भारतले ४ विकेटको क्षतिमा ४१० रनको योगफल तयार पार्यो । भारतका लागी श्रेयस लियरले १ सय २८ रन बनाउँदा के एल राहुलले १ सय २ रन बनाए ।

विशाल रनको लक्ष्यसहित ब्याटिङ गरेको नेदरल्याण्ड २५० रनमा अल आउट भयो । यो खेलसगै विश्वकपका ४५ खेल सकिएका छन् । अब ३ खेल बाँकि छन् ।

जसमा भारतीय टीमले न्यूजील्याण्डविरुद्ध सेमीफाइनल खेल्नेछ । भारत र न्यूजील्याण्डबीचको सेमीफाइनल खेल पर्सि बुधवार मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । त्यसैगरी विहिबार साउथ अफ्रिका र अष्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।