एसियाली विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भोलि यूएईको सामना गर्ने

काठमाडौं । नेपालले बिहीबार एसियाली विश्वकप छनोटको दोस्रो चरणम यूएईको सामना गर्नेछ ।

पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २(१ ले विजयी रह्यो । नेपालले निर्णायक सावित दोस्रो लेगको खलमा लाओसलाई १(० ले हराएको थियो ।

अबको आठ महिनामा नेपालले छनोटका छ खेल खेल्नेछन् र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।