एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैँ

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दैँ छन ।

खेल नेपाली समयअनुसार दिँउसो सवा २ बजेदेखि नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु हुने छ ।
भारत र अस्ट्रेलिया प्रतियोगिताकै दुई उत्कृष्ट टिम हुन् । जहाँ भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ ।

यो दुई उत्कृष्ट टिमबीचको उत्तिकै अब्बल दर्जाको खेल हुने निश्चित रहेको छ । यही खेलमा त्यस्ता तीन मोड पनि हुनेछन्, जसले सम्भावित विजेताको छिनोफानो हुनेछ ।