अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं । १३ औँ आईसीसी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले हात पारेको छ । घरेलु टोली भारतलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि अष्टे«लियाले जितेको हो। भारतको अहमदावादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भएका थिए ।

टस जितेको अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिँदा रोहित शर्माले भने कि उनले टस जितेको भए पनि ब्याटिङ नै रोज्ने थिए । उनले भारतलाई राम्रो सुरुवात पनि दिलाएका थिए ।

तर पाँचौं ओभरको दोस्रो बलमा मिचेल स्टार्कले शुभमन गिललाई एडम जाम्पाको हातबाट क्याच गराए । रोहितको आक्रमण ब्याटिङ रोकिएको थिएन । उनले जोस ह्याजलउडको दुई ओभरमा चार चौका र मिचेल स्र्टाकको बलमा छक्का हानेका थिए । सातौं ओभरमा स्टार्कलाई लगातार तीन चौका हान्दै भारतको स्कोर ५० पु¥याएका थिए ।

दशौं ओभरमा उनले ग्लेन म्याक्सवेललाई पनि छक्का र चौका हानेका उनले गुडलेन्थ बलमा लङ अफमाथि शट हान्न चाहेका थिए । तर प्वाइन्टमा रहेका ट्राविस हेडले करिव ३० फिट पछाडि गएर उत्कृष्ट क्याच लिए । ३१ बलको सामना गरेका उनी ४७ रनमा आउट भएका थिए ।