लुम्बिनी प्रदेश सरकारको पूर्णताका लागि दलहरुबिच भयो छलफल

काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठन भएको लामो समय हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा सोमवार सत्ता साझेदार दलबीच छलफल गरेको छ ।

सोमवार दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन , लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेकपा माओवादीका उपसचिव वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महारा लगायतको सहभागिता रहेको थियो । भेटमा लुम्बिनी प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको थियो ।

काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति पुनले लुम्बिनी प्रदेश सरकार विस्तारमा मन्त्रालयको सङ्ख्या नबढाउने आफ्नो वटमलाईन भएको बताउनुभयो । छलफलमा माओवादीका नेताले जसरी पनि सरकारलाई पूर्णता दिनु पर्नेमा जोड दिएको सभापति पुनले जानकारी दिनु भयो ।

सभापति पुनले भन्नुभयो माओवादीका नेताहरूले आफूहरूलाई समस्या हुने भन्दै जसरी पनि सरकारलाई पूर्णता दिनु पर्ने कुरामा अडान लिनु भयो तर काङ्ग्रेस मन्त्रालय नबढाई पूर्णता दिने विषयमा आफूहरू सहमत भएको बताउनुभयो ।