अमेरिकी संसद बाहिर झडपमा एक महिलाको गोली लागि मृत्यु ,बासिङटनमा कर्फ्यू

अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एकजना महिलाको मृत्यु भएको छ ।प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेर केही समयपछि उनको मृत्यु भएको अमेरिकी प्रहरीले जनाएको छ ।ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको छ फक्स न्युजमा समाचार छ ।ती महिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डा बोकिरहेकी थिइन् । सोही बेला बेला उनको छातिमा गोली लाग्छ र उनी भुँइमा ढल्छिन् । अमेरिकी समयअनुसार दिवा ३ बजे उनलाई क्यापिटल बिल्डिङबाट निकालिएको थियो । बुधवार अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आन्दोलन गरेका थिए फक्स न्युजमा भनिएको छ ।

सांसदहरूले जो बाइडनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हंगामा भई सदनमा बहस चलिरहेकै समयमा ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरे र अमेरिकी प्रहरी र प्रदर्शनकारीबचि झडप हुन पुग्यो र गोली चल्दा महिलाको मृत्यु भएको प्रहरी रिपोर्टमा बताइएको छ । ।यो क्यापिटल हिलको समाचार हो । हाल बासिङटनमा कर्फ्यू लगाइएको छ ।

अमेरिकामा पनि अझै कसिलो लोकतन्त्र नभएको कुरा यस्तो घटनाले पुष्टि गर्दछ ।