श्रीलङ्का हुने तय भएको विश्वकप यु-१९ क्रिकेट दक्षिण अफ्रिकामा हुने

काठमाडौं । यसअघि श्रीलङ्कामा हुने तय भएको यू–१९ विश्वकप क्रिकेट दक्षिण अफ्रिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले श्रीलंकाको क्रिकेट बोर्डलाई प्रतिबन्ध लगाएपछि प्रतियोगिता दक्षिण अफ्रिकामा सार्ने निर्णय भएको हो।

यू–१९ विश्वकप क्रिकेट सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरीसम्म हुने छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड रहेका छन। नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने छ । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका रहेका छन ।

समूह ‘बी’ मा इङ्ल्यान्ड, आयोजक दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।