निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार कायम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार कायम गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेश सभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो ।

आयोगले वि।सं २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार कायम भएको जानकारी छ ।

यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम रहेको छ । राष्ट्रिय सभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

ताजा अपडेट