दिगो पूर्वाधारको प्रवर्द्धनका र दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ।

प्रधानमन्त्री प्रचण्डले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको जानकारी दिनुभयो । नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरिरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । उहाँले सरकारले दिगो पूर्वाधारको प्रवर्द्धनका र दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

ताजा अपडेट