हमास–इजरायल युद्धमा चारदिने युद्धविराम, आज १३ जना एकै परिवारका रिहा हुँदै

काठमाडौं । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ ।

शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले जानकारी दिएका छन् । प्यालेस्टिनी कैदीको यकिन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले जानकारी दिएका छैनन् ।

चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमति अनुसार चार दिनमा ५० बन्धकलाई रिहाई गरिएमा यसपछि अनुमानित अझै १९० जना बन्धक प्यालेस्टिनी लडाकू समूहको हातमा रहनेछन् ।

सम्झौतामा उल्लेख भए अनुसार एक बन्धक बराबर तीन जना प्यालेष्टिनी कैदी अर्थात् कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेका हरुको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को को छन् भन्ने बारे भने खुलाइएको छैन । रासस र एएफपी

ताजा अपडेट