त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन ,उपकुलपति पाउन त्रिविले अझै केहि समय कुर्नैपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन बनेको तीन दिनपछि १९ कात्तिकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन महीनाको लागि शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । त्यसको भोलिपल्ट उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सर्च कमिटी गठन भएपछि सर्च कमिटीले सिफारिस गरेको उम्मेदवारलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्त गर्ने व्यवस्था रहेको छ । तर सर्च कमिटीले हालसम्म कुनै पनि प्रक्रिया अगाडि नबढाएको कारण मन्त्रालय स्रोतका अनुसार, कुलपति उपकुलपति नियुक्तिलाई केही समय ‘होल्ड’ गर्न चाहन्छन् ।

९ मंसिरमा सेवा आयोग सदस्य पद रिक्त भएको छ भने आगामी ९ पुसमा रजिष्ट्रार र ६ चैतमा शिक्षाध्यक्ष पद रिक्त हुँदैछ । सबै पदमा राजनीतिक भागबन्डाको आधारमा सहमति जुटाएर एकसाथ नियुक्त गर्ने प्रधानमन्त्रीको चाहना रहेको छ । त्यसैले त्रिविले नयाँ उपकुलपति पाउन अझै केही समय कुर्नैपर्ने देखिन्छ ।

ताजा अपडेट