ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता भोलीदेखि सुरु

काठमाडौं । ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता भोली (मंगलबार) देखि सञ्चालन हुने भएको छ । प्रतियोगिता मंसिर १६ गतेसम्म वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुने छ ।

प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौं मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । वडा ११ ले १० लाख सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।