एभर्टनलाई ३–० गोलले हराउँदै युनाइटेड सानदार जितसँगै छैटौँ स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हराउँदै सानदानर जित निकालेको छ ।

एकपक्षीय खेलमा युनाइटेडलाई जिताउन अलेजान्द्रो गर्नाचोले तेस्रो, मार्कस रासफोर्डले ५६औँ र एन्थोनी मार्टियलले ७५औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै १३ खेलबाट २४ अङ्क बनाएको युनाइटेड छैटौँ स्थानमा छ ।

पराजित एभर्टन चार अङ्कसहित १९औँ स्थानमा छ । अर्को खेलमा एस्टन भिल्लाले टोट्टनहामलाई उसैको मैदानमा २–१ गोलले स्तब्ध बनायो । एजेन्सी