राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च १६ अर्ब बढि

काठमाडौं। चालु आर्थिक बर्षको तीन महिनामा प्रदेश सरकारहरुको कुल खर्च रु।१६ अर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार गएको तीन महिनामा सात वटा प्रदेश सरकारहरुको कुल खर्च रु।१६ अर्ब ४८ करोड रहेको छ । त्यसै गरी स्रोत परिचालन रु।३६ अर्ब ७३ करोड रहेको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु।२५ अर्ब ८१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १० अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसै गरी चालु आर्थिक बर्षको तीन महिनामा सरकारको कुल खर्च रु।२८० अर्ब ५७ करोड भएको छ । सरकारीखर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८।६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०।९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा विकास खर्च भन्दा वित्तिय ब्यवस्था परिचालमा दोवर बढी भएको छ । यो सरकारले लिएको ऋण तथा सावा व्याज भुक्तानीमा लाग्ने खर्च हो ।

चालु खर्च रु।२१३ अर्ब ३९ करोड, पुँजीगत खर्च रु।१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु।४९ अर्ब ३५ करोड समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु।२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८।२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५।० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु।१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु।१९ अर्ब ६५ करोड परिचालन भएको छ ।