नेपाल सुपर लिग :आज चितवन एफसी र काठमाडौं रेजर्सबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)२०२३ आज साविक विजेता काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा खेल साँझ साढे ५ बजे सुरु हुँदैछ । दुवै टिमका लागि यस सिजनमा दोस्रो खेल हुनेछ ।

काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १(० ले हराएर विजयी सुरुवात गरिसकेको छ भने चितवन एनएसएलमा ७ खेल खेल्दा अहिलेसम्म जितविहीन छ । पहिलो सिजन ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले पहिलो जितका लागि प्रतिक्षा गरिरहेको छ ।