उपमहानगरपालिकाले अवैध संरचना भत्कायो

काठमाडौं ।धनगढी उपमहानगरपालिकामा नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।

अवैध संरचनालाई डोजर र नगर प्रहरीले भत्काएका धन
गढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले बताउनुभयो । जग्गाधनीद्वय अग्रवाल र बस्नेतले नक्सा पास गरेकोभन्दा बढी संरचना निर्माण गरेको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यस्ता संरचनालाई अवैध ठहर गरेको थियो ।

अवैध संरचना हटाउन घरधनीलाई धनगढी उपमहानगरपालिकाले पत्र पठाउँदा समेत संरचना नहटाउँदा उपमहानगरपालिकाले संरचना भत्काएको हो।