राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदावरी दर्ता पुस २३ गते : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज (आइतबार) विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनको उम्मेदावरी दर्ता पुस २३ गते बिहान १० देखि ४ बजेसम्म तय गरेको छ ।

यसैगरी पुस २३ गते दिउँसो ३ देखि ४ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।