भारतीय महिला लिग खेल्न एञ्जिला र गीता आज भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय फुटबल टिमका दुई खेलाडी एञ्जिला तुम्बापो सुब्बा र गीता राना मगर भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।
आज (आइतबार) बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । दुवै खेलाडीले सेथु एफसीबाट खेल्नेछन् ।

एञ्जिलाले सम्झौता नवीकरण गरेकी हुन् भने गीताको भने पहिलो संस्करण हो ।यस अघिको सिजनमा ६ जना नेपाली खेलाडीले भारतीय महिला लिग खेलेका थिए ।

दुइ वटै खेलाडी राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलरक्षक हुन ।