काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गा,मुढा प्रहार भएको छ । झापाको दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा- मुढा प्रहार गरेको हो ।
ढुङ्गा मुक्का प्रहारबाट मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मी जानकारी दिनुभयो ।
प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीले बताउनु भयो ।
प्रहरीले मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य जारी राखेको छ।
Add Comment