काठमाडौँ । प्रतिनिधिसभाको महासचिव भरतराज पाण्डेले राजीनमा दिएपछि रिक्त रहेको महासचिव पदमा अर्को व्यवस्था नभएसम्मका लागि सचिव पद्मप्रसाद पाण्डेय महासचिवको जिम्मेवारी दिइएको छ ।
सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्ने जिम्मेवारी दिएका हुन् ।
महासचिव डा भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।
प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोक्नुभएको संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।
Add Comment