काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा सरकारका कामहरूको चौमासिक समीक्षा सिंहदरबारमा सुरु भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा सुरु भएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक छलफलमा मन्त्री र मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
Add Comment