सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम एक हजार तीन सय ७० ले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम एक लाख सात सय ४० मा कारोबार भएको छ।

शुक्रबार एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ । नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि पुनः बढेको थियो । यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको महासङ्घका जनाएको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।

साताको पहिलो दिन आइतबार एक हजार दुई सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय ६० कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले बताउनुभयो । रासस