पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । हिजो सम्पन्न केन्द्रीय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।

त्यस्तै बैठकले सरकारबाट दिइने अस्थायी घर टहरा निर्माणका लागि दिइने रकम चाँडो उपलब्ध गराउने र त्यसमा सरकारको विभिन्न संयन्त्रहरूलाई पनि प्रयोग गरेर चाँडो भन्दा चाँडो घरबारविहीनलाई छानामुनि ल्याउनका लागि सरकारसँग माग गर्ने, सुशासनका क्षेत्रमा देखिएका केही समस्याहरूलाई केन्द्रीय समितिले उजागर गरेको र जनताले महसुस गर्ने गरी सुशासन सेवा प्रवाह गर्नका लागि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

बैठकले बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएकोबारे कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्यतथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको क्षतिमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ ।