कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई बाइस वर्ष जेल सजाय

सोल, दक्षिण कोरिया — दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ ।

उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन जरिवाना तिर्नुपर्ने निर्णयसहित बीस वर्षको जेल सजायँ सुनाएको हो । पार्क दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति हुन् । २०१७ मा भ्रष्टाचारको अभियोग लागेसँगै उनी जेलमा नै छिन् छिन् । गएको जुलाई महिनामा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा पार्कलाई १५ वर्ष जेल सजाय सुनाएको थियो । पार्कमाथि सन् २०१९ को डिसेम्बरसम्ममा भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको थियो । उच्च अदालतले दुवै मुद्दालाई एउटैमा गाभेको थियो ।

पार्कले आफ्नो साथी चोइ सुन सिललाई लगभग ७७ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारेकी थिइन् । त्यस्तै उनीमाथि तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा असंवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगसमेत लागेको थियो । सो मुद्दामा समेत पार्कले दुई वर्ष जेल सजाए पाएकी छन् । राष्ट्रपति कार्यालयमा यौन उत्तेजनाबर्धक औषधि भियग्रा भेटेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो । त्यसपछि संसदले उनलाई महा अभियोग लगाएको थियो । महाअभियोगपछि उच्च अदालतलाई अनुसन्धानको बाटो खुलेको थियो । पार्कको पिता कोरियाको विकासका लागि आधार बनाएका तेस्रा राष्ट्रपति पार्क जङ ह्युई हुन् । उनले हालसम्म पाएको सजाय बाइस वर्षको छ ।

हामी कहाँ कहिले हुन्छ भ्रष्टाचारीलाई जेल ?