सार्कको सक्रियताबारे पाकिस्तान र श्रीलंकाका राजदूतबीच छलफल

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मी र श्रीलंकाका राजदूत तथा एयर चीफ मार्शल एसके पाथिरानाबीच भेटवार्ता भएको छ । काठमाडौंमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन, त्रिपक्षीय सम्बन्धको समन्वय र सार्कलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

भेटका क्रम दुवै राजदूतले सार्कको सक्रियताका बारेमा छलफल गरेका थिए । पाकिस्तानी राजदूत हाश्मीले श्रीलंकाका वायु सेना प्रमुख एसके पाथिरानासँग भेटन् पाउँदा खशुी व्यक्त गरेका थिए हामीले द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने, त्रिपक्षीय सम्बन्धलाई समन्वय गर्ने र सार्कमा ती समस्याहरू समाधान गर्ने कुरा गरेका छौंराजदूत हाश्मीले ट्वीटर मार्फत भनेका छ ।