साल्ट टेड्रिङ कर्पाेरशेन भवन निर्माण र विक्रीमा पनि संलग्न

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका नाम सुन्ने वित्तिकै धेरैल नुन सम्झने गर्नु हुन्छ । साल्ट ट्रेडिङ्ग नून, तेल वा खाद्य सामग्रीसँग मात्र जोडिएको छैन । रासायनिक मल, एलपी ग्यास पनि उपभोक्ताहरु पु¥याउने काम गरिरहेको छ । मुलुकमा खाद्य महामारी होस् वा कुनै विपद पर्दा समेत साल्ट ट्रेडिङ्ग कर्पोरेशन जनता माझ खाद्य सामग्री सहज रुपमा आपूर्ति गर्ने, मोवाईल भ्यानको प्रयोग गरी विभिन्न स्थानमा पुगि उपभोक्तासम्म पु¥याउने काम पनि गर्दै आईरहेको छ ।

अव साल्ट ट्रेडिङ्ग कर्पोरेशन खाद्य सामग्रीमा मात्र सिमित छैन । कर्पोरेशनले हाउजिङ्गको काम पनि शुरु गरिसकेको छ । फ्युचर वर्कस् बिल्डिङ सोलुसन प्रालि नयाँ प्रविधिको घर निर्माण गरिदिने तथा आफैँ पनि घर निर्माण गरेर बेच्ने कार्य सुरु गरिएको छ ।

नेपाल भूकम्प जोखिमयुक्त देश हो, त्यस अवस्थालाई सुहाउँदो इँटा, बालुवा, कङ्क्रिट प्रयोग नगरी घर निर्माण गरिदिने र त्यसलाई विक्री गर्ने कार्य गरिरहेको
कर्पोरेसनका विभागीय प्रबन्धक व्रजेश झाले जानकारी दिएका छन् । त्यसका लागि कर्पोरेशनले हलुका र भूकम्प प्रतिरोधी घर निर्माण गरेर उपभोक्तालाई सुलभ सेवा दिने अमेरिकी कम्पनी फिनाकलसँग व्यावसायिक साझेदारी पनि गरेको छ ।
कर्पोरेसनले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा घर बनाइसकेर बिक्री पनि खुला गरिसकेको छ । नेपालको भौगोलिक अवस्थाले गर्दा सबैले पिल्लर भएको आरसिसी प्रविधिबाट घर बनाउन सक्दैनन् । एउटै ट्रकमा तीन वटा घर बन्न सक्ने सामग्री बोकेर जुनसुकै ठाउँमा गएर घर निर्माण गर्न सकिने भएकाले यो नेपालका लागि उपयुक्त प्रविधि भएको झाले जानकारी दिए।

एलजिएस प्रविधिले घर बनाउँदा कोठाहरू फराकिलो हुनुका साथै हलुका पनि हुन्छ । एलजिएस प्रविधिबाट घर बनाउँदा तापक्रम र साउन्डप्रुफ पनि मिलाएर राख्न सकिने भएकाले साल्ट ट्रडिङ्गले सोही प्रविधि प्रयोग गरिरहेको छ ।