३ डिग्रीमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्रीमा झरेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले बिहान पौने ९ बजेको तापक्रम ३ .१ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको हो ।

काठमाडौंमा यो तापक्रम वर्षकै आजसम्मकै कम हो । काठमाडौंको हिजो बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस थियो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाका अनुसार यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.५, दिपायलको ३.५, डडेलधुराको ३.९, ताप्लेजुङको ४, ओखलढुंगाको ४.८, घोराहीको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ ।