अबको पाँच वर्षपछि नेपालमा स्वास्थ्यकर्मीको अभाव

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षपछि नेपालमा स्वास्थ्यकर्मीको अभाव हुने बताएका छन् ।
उनले विद्यमान चिकित्सा शिक्षा ऐनका कारण नेपालमा पाँच वर्षभित्रै नर्स, डाक्टरको अभाब हुने बताएका हुन् ।
स्वास्थ्यमन्त्री बस्नेतले भएका स्वास्थ्यका जनशक्ति अवसर नपाएपछि विदेशिने र नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न नपाउने अवस्थाले चिकित्सा शिक्षा धरासायी बन्दै गएको दाबी गरे ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा आयोजना गरेको ‘एमडी, एमएस, एमडीएस र एमएससी तहको पाठ्यक्रम सम्बन्धि समिक्षा’ गोष्ठीमा बस्नेतल कोही कोही अनसन बसेको भरमा ल्याइएको चिकित्सा शिक्षा ऐनले नेपालको स्वास्थ्य प्रणाली खस्कने बताए ।
उनले ८२ प्रतिशत ल्याएर पनि नेपालमा नर्सिङ अध्ययन गर्न नपाएको बताए ।

मन्त्री बस्नेतले हाल नेपालबाट चिकित्सा शिक्षाको नाममा अर्बौ रकम बाहिरिएको दाबी गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा। भुपेन्द्रकुमार बस्नेतले मन्त्री बस्नेतको पालामा स्वास्थ्यमा धेरै प्रगति भएको बताए । उनले चिकित्सा विज्ञानको पाठ्यक्रमहरु परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा।चोपलाल भुसालले नेपालमा चिकित्सा शिक्षा सुधारको लागि मेडिकल काउन्सिल सकारात्मक रहेको बताए ।