गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यताले देश छियाछिया

काठमाडौँ  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले अहिले मुलुकको परिस्थिति कहालीलाग्दो रहेको बताएका हुन् ।

गठबन्धन सरकारको अयोग्यताले देश छियाछिया भयो एमाले उपाध्यक्ष पौडेल
उपाध्यक्ष पौडेलले देशको अहिलेको स्थिति मल्टीअर्गन फेलियरु को अवस्थामा रहेको बताए । देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको आरोप पौडेलको छ ।

ुअहिलेको मुलुकको परिस्थिति साँच्ची नै कहालीलाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्तालिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ । तपाईंले कुनै त्यस्तो क्षेत्र पाउनुहुन्न जहाँ हामी समस्यामा होइन । गम्भीर समस्यामा नभएका हौँ । डाक्टरले गम्भीर बिरामीलाई कतिपय अवस्थाका बिरामीलाई मल्टीअर्गन फेलियर भन्ने गर्दछन् । मुटु हेर्दा खराब छ, फोक्सो खराब छ, कलेजो खराब छ, ब्लड खराब छ । ल्याब्रोटोरीका सबै इंगिटेटरहरुले खराब संकेत गरिरहेको हुन्छ । त्यस्तै जस्तो अहिले हाम्रो देश मल्टीअर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ,ु उपाध्यक्ष पौडेलले भने ।

उपाध्यक्ष पौडेलले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए । उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भए पनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए ।

उपाध्यक्ष पौडेलले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरूलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए ।

अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको छ । प्रतिपक्षका आवाज किनारा लगाउने साथमा चलिरहेको छ । सदनमा हाम्रो प्रस्तुति आउने दिनमा अझ सशक्त हुनेछ । सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति हुँदैछ । सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दैछ,उनले भने ।

उपाध्यक्ष पौडेलले देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको बताए । प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरू नै बाझिरहेको बताए ।