सङ्घीयता कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी नाउपा लगायत दलका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।