कुर्सी हल्लिने डर नभएका प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमााडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ । विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ ।

यो सरकार जाला कि भन्ने डर विल्कुल छैन ।’ प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए ।