सुन तस्करी प्रकरण , जाँचबुझ आयोगको कामकारबाही सुरु

काठमाडौं । ६१ किलो सुन तस्करीको सम्बन्धमा गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ। गत आइतबार गठित जाँचबुझ आयोगले बुधबार पहिलो बैठक बसी विभिन्न निर्णयसमेत गरेको छ।

२ साउनमा त्रिभुवन विमानस्थलबाहिरबाट समातिएको ६१ किलो सुनको विषयमा एमालेले प्रश्न उठाएपछि सो विषय राजनीतिक मुद्दा बनेको थियो । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अदालतसरह अधिकार पाउने गरी जाँचबुझ आयोग गठन गरेको हो ।