पटक पटक विश्वासको मत बटुल्दै मधेसका मुख्यमन्त्री यादव

काठमाडौं । सत्ताका लागि गठवन्धन यो वा त्योसँग मिलेरै भएपनि गर्न सकिन्छ भन्ने उदाहरण नेपाली राजनीतिका लागि नौलो भने होइन । तर गठवन्धन होस् या नहोस् व्यक्ति वा राजनीतिक दलका सांसदहरुले मतदान गरिदिएपछि सत्ता टिकिनै रहन्छ भन्ने उदाहरण भने मधेश प्रदेशका मुख्य मन्त्रीमा तेश्रो पटक विश्वासको मत लिएका सरोजकुमार यादवले पुष्टि गरिदिएका छन् ।

प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएर फेरि मुख्य मन्त्री बनेका छन् उनले १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

आईतवारको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।

त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाए र मधेस सरकार प्रतिपक्षीविहीन बन्यो। सरकार टिकाइराख्न मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवलाई ५४ जना सदस्यको समर्थन आवश्यक थियो।

जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको अहिले प्रदेशसमा संयुक्त सरकार छ। मधेसमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।
नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका गरे पनि अन्य दलले मतदान गरेपछि उनी तेश्रो पटक पनि सफल भएका हुन् ।