काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका तात्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख बराबर भ्रष्टाचारको मुद्दा दायर भएको छ । तात्कालिन अवस्थामा तामाङले काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत रहँदा मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले हाल अध्यागमन विभागमा महानिर्देशकका रुपमा कार्यरत तामाङ विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका हुन् ।

मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो । सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए ।